उज्यालो नेपाल- समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा कामगर्दै आएको गैरसरकारी संस्था सहमतिले जीविकोपार्जन कार्यक्रम अन्तर्गत चितवनका दुई स्थानिय तहहरुमा मौरी वितरण गरेको छ ।
संस्थाले रत्ननगर र कालिकामा रहेका विभिन्न चार वटा सामुदायिक वनमा आवद्ध कृषकहरुलाई सेरेना र मेनिफेरा जातका २८ घार मौरी वितरण गरेको हो ।

कार्यक्रमबाट लाभान्वित हुनेहरुमा रत्ननगरको पन्चकन्या सामुदायिक वन र कालिकाको भिमवली सामुदायिक वन, उदयपुर सामुदायिक वन र अमलाचुली सामुदायिक वनमा आवद्ध किसानहरु छन् ।
संस्थाले यसअघि नवलपुरको गैंडाकोटमा रहेको कार्यालयमा तिनदिने व्यवसायिक मौरीपालन सम्बन्धी तालिम संचालन गरिसकेको छ । सोहि तालिममा सहभागी किसानहरुलाई मौरी वितरण गरिएको हो।
मौरी वितरण कार्यक्रम पछी संक्षिप्त प्रतिक्रिया राख्दै उदयपुर सामुदायिक वनका अध्यक्ष शंकर लामाले यस्ता कार्यक्रमले किसानहरु आर्थिक समृद्धिको बाटो तर्फ लाग्ने उल्लेख गर्दै यसले वनजंगल संरक्षणको कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सहमतिले डब्लुडब्लुएफ नेपालसँगको सहकार्यमा नवलपरासी र चितवनको विभिन्न क्षेत्रमा समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा कार्यक्रम संचालन गर्दै आईरहेको छ ।


