कोरोनाका कारण इरानमा पनि २ जनाको मृत्यु

विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट इरानमा २ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसका कारण मध्यपूर्वमा मृत्यु भएको यो पहिलो घटना हो।

इरानको राजधानी तेहरानबाट १३८ किलोमिटर दक्षिणस्थित कोमका दुई वृद्धको मृत्यु भएको इरानी सरकारी सञ्चार एजेन्सी ‘आईआरएनए’ले जनाएको छ। तर तिनको विस्तृत जानकारी गराइएको छैन।

योसँगै बिहीबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार १ सय २६ पुगेको छ।

चीनमा मात्रै २ हजार १ सय १८ जनाको मृत्यु भएको छ। कोरोना बुधबार चीनमा थप ११४ जनाको मृत्यु भएको हो।

त्यस्तै हङकङ र इरानमा २(२ जनाको मृत्यु भएको छ। फ्रान्स, जापान, ताइवान र फिलिपिन्समा एक/एक जनाको मृत्यु भएको छ।

यी सबै जोड्दा कोरोनाका कारण बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या २ हजार १ सय २६ पुगेको हो।

बुधबार चीनमा संक्रमित हुनेको संख्यामा उल्लेख्य रूपमा कमी आएको छ। बुधबार थप ३९२ जनामा संक्रमण देखिएको छ।

मंगलबार भने १ हजार ७ सयमा कोरोनाको संक्रमण देखिएको थियो।

कहाँ कति संक्रमित/ मृत्यु?

देश

जम्मा संक्रमित

नयाँ संक्रमित

जम्मा मृत्यु

नयाँ मृत्यु

निको हुने

गम्भीर

चीन

७४,५७७

+३९२

२११८

११४

१६२३३

१२०१७

डायमन्ड क्रुज

६२१

+७९

   

१७

२८

जापान

८४

+१०

 

२०

सिंगापुर

८४

+३

   

३४

दक्षिण कोरिया

८२

+५१

   

१६

 

हङकङ

६५

+३

+१

थाइल्यान्ड

३५

     

१७

ताइवान

२३

+१

 

 

मलेसिया

२२

     

१५

 

जर्मनी

१६

     

 

भियतनाम

१६

     

१४

 

अस्ट्रेलिया

१५

     

१०

 

अमेरिका

१५

     

 

फ्रान्स

१२

 

 

 

मकाओ

१०

     

 

बेलायत

     

 

यूएई

     

क्यानडा

     

 

फिलिपिन्स

 

 

 

भारत

     

 

इटाली

       

इरान

+२

+२

   

रुस

     

 

स्पेन

     

 

बेल्जियम

     

 

कम्बोडिया

     

 

इजिप्ट

     

 

नेपाल

     

 

श्रीलंका

     

 

स्विडेन

     

 

फिनल्यान्ड

         

कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटे

Previous articleबाजुरामा भूकम्पकाे धक्का
Next articleनेकपा केन्द्रीय कमिटीका निर्णय आँखामा छारो, कार्यकर्ता अल्मलाउने ओली–प्रचण्डको जुक्ति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।