काठमाडौं– माघ १५–१९ मा बसेको सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यकर्ता अल्मलाउने जुक्ति जस्तो मात्रै देखिएको छ। बैटकबाट जारी अपानि–४ (अन्तर पार्टी निर्देशन) मा लेखिएको थियो, ‘पार्टीले निर्णय मात्र गर्ने हो कि निर्णय कार्यान्वयन गर्ने पनि हो ? भन्ने प्रश्नमा बैठकको गहिरो गरी ध्यान गएको छ । केन्द्रीय तहबाट सम्पन्न हुनुपर्ने एकीकरणका बाँकी काम १५ दिनभित्र सम्पन्न गरिने छ ।’
केन्द्रीय कमिटीको बैठक सकिएको आज १७ दिन पूरा भएर १८ दिन लागेको छ । तर, १५ दिनमा पूरा गर्ने भनिएको बैठकको प्रतिवद्धता सेलाएको छ।
एकीकरणका बाँकी कामहरु मात्र होइन, यती होल्डिङ्सका सम्बन्धमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जारी गर्ने भनेको श्वेतपत्र पनि अहिलेसम्म जारी भएको छैन ।
त्यसैगरी, १० दिनमा एमसीसीबारे झलनाथ कार्यदलले रिपोर्ट बुझाउने भनिएकोमा त्यो पनि अहिलेसम्म ‘रात रह्यो अग्राख पलायो’ भन्ने आहानजस्तै बनेको छ ।
नेकपा केन्द्रीय कमिटीको बैठकमा यती होल्डिङको लीज प्रकरणबारे नेताहरुले चर्को आवाज उठाएका थिए । केन्द्रीय कमिटीमा उठेका प्रश्नको जवाफ दिँदै पार्टी नेतृत्वले रक्षामन्त्री ईश्वर पोखरेलले श्वेतपत्रको एक कपी तयार पारिसकेको र तत्काल श्वेतपत्र जारी हुने बताएको थियो ।
अहिलेसम्म रक्षामन्त्री पोखरेलले नेपाल ट्रष्टको जग्गा प्रकरणबारे श्वेतपत्र जारी गरेका छैनन् । बरु प्रधानमन्त्री केपी शर्मा ओलीले संसदभित्र र बाहिरका आफ्ना हरेक भाषणहरुमा यतीको बचाऊमा वकालत गरिरहेका छन् ।
हप्तामा ५३ अन्तर्राष्ट्रिय उडान हुँदै; कुन देशमा कति ? सम्पूर्ण जानकारी