रत्ननगर । चितवनको रत्ननगर वडा नं ५ मा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २६४ जनाले सेवा लिगेका छन ।
शिविरमा छालाराेगका २१ जना , बालराेगका ३१ जना, स्त्रीराेगका २२ र हाड जाेर्नी राेगका १९० जना गरि २६४ जनाले स्वास्थय परिक्षण गराएका हुन। भने १२२ जनाले प्रयोगशाला सेवाकाे लिगेका छन ।

उक्त स्वास्थ्य शिविर माईक्रो बायाेलाेजी केन्द्रीय विभाग त्रिवि, रत्ननगर नगरपालिका वडा नं ५काे कार्यालय , नगर स्वास्थ्य केन्द्र टराैली, झुवानी सामुदायिक पुस्तकालय र सृजनशिल शिप सिकाई केन्द्रकाे संयुक्त आयोजनामा सम्पन्न भएकाे हाे ।

वडामै सहजरुमा सम्पूर्ण स्वास्थय सेवा उपलब्ध गराउने उद्देश्यले याे शिविर सञ्चालन गरिएकाे वडाध्यक्ष बालकृष्ण चापागाईले वताए ।

गाउबाट सहर सम्म पुग्न समय लाग्ने र हस्पिटलमा धेरै समय लाग्ने हुदा गाउदेखि स्वास्थ्य परिक्षण गराउन स्थानिय सेवाग्राही नजाने हुदा समय समयमा यस्ता प्रकारकाे शिविरहरु वडामै सञ्चालन गरिएकाे उनले वताए ।
छिट्टै बकुलहर रत्ननगर अस्पताल संगकाे सहकार्यमा टराैली केन्द्रबाट हप्ताकाे १ दिन विशेषज्ञ डाक्टरहरूबाट सेवा दिने तयारि भैरहेकाे समेत उनले वताएका छन् ।
त्यस्तै साप्ताहिक रुपमा विहिबार प्रयाेगशाला सहित स्वास्थ्य सेवा उपलब्ध गराएकाे स्वास्थय केन्द्र टराैलीमा बेला बेलामा विशेषज्ञ डाक्टरहरुकाे साथमा स्वास्थय सेवा उपलब्ध गराउदा स्थानिय सेवाग्राहीहरुलाई सुलभ हुने केन्द्रका प्रमुख शिनियर अहेव गाेबिन्द प्रसाद शर्माले बताए ।
केन्द्रबाट दैनिक ४५ जनाभन्दा वढिले सेवा लिने गरेकाे वताए ।



