डेम्बेले र स्वारेज घाइते भएपछि बार्साले भित्र्यायो नयाँ फरवार्ड

डेम्बेले सिजनभर खेल्न नसक्ने गरी घाइते भएपछि ला लिगाको नियमअनुसार बार्साले ला लिगा खेलिरहेको क्लब लेगनासका भरपर्दा फरवार्ड मार्टिन ब्रेथवेटलाई अनुबन्ध गरेको हो।

बार्साले लेगनासलाई रिलिज क्लज १८ मिलियन युरो तिरेर अनुबन्ध गरेको हो। सन् २०२४ सम्मका लागि मार्टिनलाई अनुबन्ध गर्दा बार्साले मार्टिनको रिलिज क्लज ३ सय मिलियन युरो तोकेको छ।

डेम्बेलेसँगै लुइस स्वारेज पनि घाइते हुँदा बार्सालाई विभिन्न प्रतियोगितामा ठूलो धक्का लागेको थियो। स्वारेजले पनि यस सिजनमा बाँकी खेल खेल्न नसक्ने अनुमान गरिएको छ।

यसबीचमा मार्टिन बार्सामा अनुबन्ध हुँदा बार्सालाई राहत मिल्ने अनुमान गरिएको छ। एजेन्सी

भारतीय रक्षामन्त्रीको नेपाल भ्रमणको तयारी

Previous articleपोखरा राइनोजमा थपिए स्कटिस खेलाडी मुन्से
Next articleगौतमबुद्ध क्रिकेट रंगशालालाई सन्दीपले दिए ७० हजार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।