पोखरा राइनोजमा थपिए स्कटिस खेलाडी मुन्से

एभरेष्ट प्रिमियर लिग इपीएलको लागि पोखरा राइनोजले अर्को विदेशी खेलाडी घोषणा गरेको छ। पोखरा राइनोजले बिहीबार एक विज्ञप्ती जारी गर्दै इपीएलका लागि दाँया हाते स्कटिस ओपनिङ ब्याट्सम्यान जर्ज मुन्सेलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो। 

मुन्सेले गतवर्ष नेदरल्याण्ड विरुद्धको टि–ट्वान्टी खेलमा १ सय २७ रनमा अविजित रहेका थिए। यो उनको टि–ट्वान्टीमा उत्कृष्ट प्रर्दशन हो।

उनले भने,‘म नेपाल आउनका लागि निकै उत्साहित छु, इपीएलमा पोखरा राइनोजबाट खेल्दैछु र तपाइहरुलाई भेट्न निकै आतुर छु।’

टोलीकी प्रवन्ध निर्देशक दिपा अग्रवालले आफुहरुले जर्ज मुन्सेलाई पोखरा राइनोज्मा अनुबन्ध गर्न पाउँदा निकै उत्साहित रहेको बताईन्। उनीसँग सँगै खेल्न पनि उत्साहित रहेको विज्ञप्तीम जनाइएको छ। पोखराले यसअघि वेष्ट इन्डिजका क्रिस गेल र केस्रीक विलियम्सलाई अनुबन्ध गरेको थियो।

ईलिगल विरुद्ध साउदी सरकारको कडा अपरेसन, एकै हप्तामा १२,८९९ जना पक्राउ

Previous articleस्विस दूतावासले भन्योः चर्चामा आएजस्तो सञ्चारमन्त्रीसँग भेटघाट तय भएको छैन
Next articleडेम्बेले र स्वारेज घाइते भएपछि बार्साले भित्र्यायो नयाँ फरवार्ड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।