आज काठमाडौं उपत्यकाका यी १० रुटमा गाडी चलाउन नपाइने

महाशिवरात्रि पर्वलाई ध्यानमा राखी आज (शुक्रबार) पशुपतिनाथतर्फ जाने १० रुटमा गाडी प्रवेशमा रोक लगाइएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार महाशिवरात्रिका अवसरमा पशुपति परिसरमा लाग्ने मेलालाई ध्यान दिँदै गौशालातर्फ जाने १० रुटमा गाडी प्रवेशमा रोक लगाइएको हो।

आज चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटलको उत्तरतर्फ शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी जाने रुटमा गाडी चलाउन नपाइने महाशाखाले जनाएको छ।

यस्तै लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ र जोरपाटी नारायणटारबाट कोरिडोरको बाटो हुँदै आउने मालवाहक गाडी गौरीघाटतर्फ गुड्न नपाउने ट्राफिक महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

sabariroot ETyLeUiPOU

 

सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईविरुद्ध भ्रष्टाचार मुद्दा

Previous articleकांग्रेसको अन्तरिम संरचना ३० जिल्लामा मात्रै
Next articleचितवन राष्ट्रिय निकुञ्जमा सात महिनामा १८ गैँडा मरे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।