Home Uncategorized सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईविरुद्ध भ्रष्टाचार मुद्दा

सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईविरुद्ध भ्रष्टाचार मुद्दा

सशस्त्र प्रहरी बल (बीओपी) टांघनडुब्बा, झापामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र इन्स्पेक्टर चापागाईविरुद्ध सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनले व्यापार व्यवसायमा सहजीकरण गरिदिने भनी पटक–पटक दुःख हैरानी दिई ५० हजार रुपैयाँ लिएको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम हुने सजायको आधा सजाय हुन मागदाबी लिइ आरोप पत्र दायर गरिएको छ।

भिडियोकलमा लुगा खोल्नु भन्दा पहिला र यौ’न सम्बन्ध राख्दा क्यामेरा खोल्नु भन्दा पहिला हजार पटक सोचौ

Previous articleविद्यालय अहिले बन्द नगर्ने सरकारको योजना, जोखिम देखिए तत्काल निर्णय
Next articleमाधवकुमार नेपाल जन्मदिन मनाउन चन्द्रागिरीमा, हिउँसंग भयो साक्षात्कार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।