उज्यालो नेपाल। चितवनको राप्तीमा वनमौरीले टोक्दा तीनजना घाईते भएका छन्। राप्तीको वडा नं. २ मिलनटोल बस्ने तीनजना महिलाहरु च्याउ खोज्न जंगल गएका बेला बनमौरीले टोकेर घाइते भएका हुन्।
घाइते हुनेमा वर्ष ४८ कि सुन्तली चेपाङ, वर्ष ३१ कि अनुषा प्रजा र वर्ष ३३ कि अस्मिता चेपाङ छन्। उनीहरू हिजो साउन १ गते दिउँसो २:३०को समयमा स्थानिय शिवशक्ती सामुदायिक बनमा च्याउ खोज्न गएकोमा मौरी (खाग) ले टोकेर घाईते भएका हुन्।
घाइते मध्ये सुन्तली चेपाङको अवस्था गम्भीर छ। उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ।


