शिक्षक सरुवा प्रकरण: नेपाल मावीको प्रअको कार्यकक्षमा लागेको ताला नेविसंघले फोड्यो

0
43

रत्ननगर, पौष २५ । रत्ननगरको टाँडीमा रहेको नेपाल माध्यमिक विद्यालयको प्रधानाध्यापकको कार्यकक्षमा लगाइएको ताला नेपाल विद्यार्थी संघले फोडेको छ ।

विद्यालयको प्रधानाध्यापकको कार्यकक्षमा अज्ञात समुहले लगाएको तालाबन्दी प्रति ध्यानाकर्षण भएको भन्दै बुधबार ताला फोडेको संघको रत्ननगर समितिका सभापती कल्याण अर्यालले जानकारी दिए ।

संघले विज्ञप्ती जारी गर्दै शिक्षा जस्तो संवेदनशिल क्षेत्रमा गरिएको लापरवाही पुर्ण कार्यको घोर भर्त्सना गर्दै ताला तोडेर विद्यार्थीहरुलाई प्रशासनिक कार्य सहज बनाउन ताला तोडिएको विज्ञप्तीमा उल्लेख छ ।

Previous articleसीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन
Next articleरुखबाट लडेर चितवनमा एक महिलाको मृत्यु