चितवनको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट एक बिरामीले हाम फाले

३ साउन, चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् ।

कलेज स्रोतका अनुसार ती बिरामी केही दिनदेखि अस्पतालमा उपचार गराइरहेका थिए । क्यान्सरको उपचार गराइरहेका ती बिरामीको ७० वर्ष माथि भएको कलेज स्रोतको भनाइ छ ।

भवनबाट हाम फालेर घाइते भएका उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

अपडेट

पछिल्लो जानकारी अनुसार हामफाल्ने व्यक्ति नवलपुरको हुप्सेकोट गाउपालिका वडा नं. २ घर भएका ७६ बर्षका बलबहादुर खाम्चा मगर रहेको र उनको निधन भएको छ।

Previous articleमोटरसाइकल र अटो एकापसमा ठक्कर खाँदा रत्ननगरमा दुई जना घाइते
Next articleत्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली खटियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।