रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–७, घण्टाघरमा मोटरसाइकल र अटो एकापसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् ।
सौराहाबाट चित्रसारीपुलतर्फ जादै गरेको ना ५५ प ९६०२ नम्बरको मोटरसाइकल र चित्रसारी पुलबाट चरा चोक आउँदै गरेको बागमती प्रदेश ०३–००१ प.१५७१ नम्बरको अटो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक रत्ननगर–८ बस्ने २२ वर्षीय बिशाल ठकुरी र अटोमा सवार कालिका–७ बस्ने ३८ वर्षीया लक्ष्मी कुमाल घाइते भएका छन् ।
दुवै घाइतेको बकुलहर रत्ननगर अस्पतालमा उपचार भइरहेको र दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।




