ओलीले नेपालको नक्सा अंकित केक काटेपछि कांग्रेसी मेयर फायर, मागे राजिनामा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिन मनाउँदा सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ। ओलीले सामान्यरुपमा जन्मदिन मनाएको भए खासै विरोध हुने थिएन। तर, कम्युनिस्ट सिद्धान्तको खोल ओडेर राजसी ठाँटमा जन्मदिन मनाउँदा सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ। बालुवाटार र अन्मस्थल तेह्रथुमको आठराईमा जन्मदिन मनाएका उनले नेपालको नक्सा अंकित केक काटेका थिए। सोही विषय अहिले सामाजिक सञ्जालमा आगो सरी फैलिएको छ। धेरैले ओलीले काटेको केकका प्रति आपत्ति जनाएका छन्।

यस्तै आपत्ति भोजपुर नगरपालिकाका मेयरको पनि छ। मेयर कैलाशकुमार आलेले प्रधानमन्त्री ओलीले नेपालको नक्सा अंकित केक काटेको आपत्ति मात्रै जनाएका छैनन्, प्रधानमन्त्रीको कुर्सी ओलीलाई नसुहाउने भन्दै राजिनामा नै मागेका छन्। ‘जन्मदिनमा नेपालको गौरवमय नक्शालाई केक बनाएर काटेको देख्दा भाव विहल भएको छु । यस्तो देशको बेइज्जत हुनेखालको घिनलाग्दो हर्कत गर्ने जो कोहि राष्ट्रद्रोहि नेपालीलाई आम नेपालीले कारवाहीको माग गर्नुपर्छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘आत्म आलोचना गरी आफु प्रधानमन्त्री भएदेखि हालसम्मको विकृति,विसंगति,भ्रष्टचार र यो हर्कत सम्म आईपुग्दा अब प्रधानमन्त्री जस्तो सम्मानित पदमा बस्न लायक नभएको हुँदा राजिनामा दिनुपर्छ ।’

मेयर आलेले फेसबुकमा के लेखेका छन्?

एसियाकै ठुला देशहरू चीन र भारत बीचमा हिमालयको काखमा नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा पृथक छ । नेपाल देखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्ये । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई प्राचिन भूमिको रूपमा वर्णन गरिएको छ । त्यस्तो देश जस्लाई जोगाउन बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा लगायत महान योद्धाहरूप्रति नतमस्तक भएर सम्झन चाहन्छु सँगै राष्ट्रनिर्माता पृथ्वीनारायण शाह जसले खण्ड खण्ड राज्य लाई एकिकरण गरी विश्वमानचित्रमा नेपालको नक्शा कोरेका थिए उहालाई पनि सम्झन चाहन्छु । यो नक्सा बनाउन धेरै नेपाल आमाका छोराहरू शहिद भएका छन् भन्ने सबैमा हेक्का रहन जरूरी छ । देशकै प्रधानमन्त्री जस्तो सम्मानित ब्यक्तिले आफ्नो जन्मदिनमा नेपालको गौरवमय नक्शालाई केक बनाएर काटेको देख्दा भाव विहल भएको छु । यस्तो देशको बेइज्जत हुनेखालको घिनलाग्दो हर्कत गर्ने जो कोहि राष्ट्रद्रोही नेपालीलाई आम नेपालीले कारवाहिको माग गर्नुपर्छ । अन्त्यमा आत्म आलोचना गरी आफु प्रधानमन्त्री भएदेखि हालसम्मको विकृति,विसंगति,भ्रष्टचार र यो हर्कत सम्म आईपुग्दा अब प्रधानमन्त्री जस्तो सम्मानित पदमा बस्न लायक नभएको हुदा राजिनामा दिनुपर्छ ।

गृहमन्त्रीका भाइलाई प्रहरीले खोजेन, आफैं पुगे कारागार

Previous articleझापाकी युवती खैरो हेरोइनसहित काठमाडौँबाट पक्राउ
Next articleशिल्पा पनि सेरोगेसी आमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।