शिल्पा पनि सेरोगेसी आमा

मुम्बई । बलिउड अभिनेत्री शिल्पा सेट्ठीले दोस्रो सन्तान सेरोगेसी माध्यमबाट अपनाएकी छन् । उनको एक छोरी यसअघि नै भइसकेको छ । शिल्पाका श्रीमान् कुन्द्रा दोस्रो सन्तान पनि चाहन्थे । तर, शिल्पाले आफ्नो गर्भबाट दोस्रो सन्तान जन्माइनन् । उनी सेरोगेसीको माध्यमबाट दोस्रोपटक आमा बनेकी हुन् । कामको व्यस्ताका कारण उनले सेरोगेसी आमा बन्नु परेको बताइएको छ ।

भारतीय कानुनले कोख भाडामा लगाएर आफ्नो सन्तान जन्माउने प्रक्रिया (सेरोगेसी)लाई छुट दिएको छ । यसअघि शाहरूख खान र गौरी खान पनि सेरोगेसीको प्रक्रियाबाट पछिल्लो छोराका आमा बनेका थिए । बलिउडमा अरू पनि थुप्रै कलाकार सेरोगेसी प्रक्रियाबाट सन्तानका मातापिता बनेका छन् ।

यसरी छोराको आमा भइसकेकी अभिनेत्री शिल्पा सेट्ठीले यसपटक आफैंले गर्भधारण गर्न चाहिनन् । उनले सेरोगेसी माध्यमबाट आमा बन्ने चाहना व्यक्त गरिन् । सोही चाहनाअनुसार उनी यति बेला छोरीको आमा बनेकी हुन् । आफ्नो छोरीको जन्म एक साताअघि भएको भन्दै उनले इन्स्टाग्राममा छोरीको फोटो राखेर जानकारी बल्ल गराएकी छन् । छोरीको नाम समीशा सेट्ठी कुन्द्रा राखेकी छन् ।

The post शिल्पा पनि सेरोगेसी आमा appeared first on Rajdhani Daily News.

सहायक वन अधिकृत देवकोटाविरुद्ध भ्रष्टाचार मुद्दा

Previous articleओलीले नेपालको नक्सा अंकित केक काटेपछि कांग्रेसी मेयर फायर, मागे राजिनामा
Next articleविश्वभर कोरोना संक्रमितको संख्या ७९ हजार नाघ्यो, कहाँ कति जनाको मृत्यु भयो?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।