झापाकी युवती खैरो हेरोइनसहित काठमाडौँबाट पक्राउ

प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको बसबाट ४.२६ ग्राम खैरो हिरोइनसहित युवतीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापाको शिव सतासी नगरपालिका-११ की २३ वर्षीया वीना डाँगी रहेकी प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका
अनुसार डाँगीले प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर ल्याएको अवस्थामा हिरोइन बरामद भएको हो।

डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको बसबाट ४.२६ ग्राम खैरो हिरोइनसहित युवतीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापाको शिव सतासी नगरपालिका–११ की २३ वर्षीया वीना डाँगी रहेकी प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका
अनुसार डाँगीले प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर ल्याएको अवस्थामा हिरोइन बरामद भएको हो।

डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ।

इटलीमा ६ करोड मानिसलाई घरभित्रै बस्न निर्देशन

Previous articleकोरियामा कोरोना संक्रमण बढ्दै, एकै दिन १६१ जना संक्रमित
Next articleओलीले नेपालको नक्सा अंकित केक काटेपछि कांग्रेसी मेयर फायर, मागे राजिनामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।