कम्बोडियामा १०१ र ९८ वर्षका दिदीबहिनीको ४७ वर्षपछि भेट

Click Image

नोमपेन्ह । कम्बोडियाका दुई दिदीबहिनीको ४७ वर्षपछि पुनर्मिलन भएको छ । १०१ वर्षीया बुन चिया र ९८ वर्षीया बुन सेनले सन् १९७० को दशकमा कम्बोडियामा भएको कमेयर रुझ शासनको क्रममा एकअर्काको मृत्यु भएको हुनसक्ने ठानेका थिए ।

बुन सेनको आÏना ९२ वर्षे भाइसँग पनि पुनर्मिलन भएको छ । एउटा स्थानीय गैरसरकारी संस्थाका अनुसार बुन सेनले भाइको पनि मृत्यु भइसकेको ठानेकी थिइन् । कम्बोडियामा सन् १९७५ मा कम्युनिस्ट नेता पल पटले शासन आÏनो हातमा लिनु दुई वर्षअघि बुन सेन र बुन चियाको भेट भएको थियो ।

कमेयर रुझ शासनका बेला कम्बोडियामा करिब २० लाख मानिसहरू मारिएको विश्वास गरिन्छ । सो शासनकालमा थुप्रै परिवारको बिछोड भएको थियो । बुन सेनले आÏना श्रीमान‌लाई भने पल पटकै शासनकालमा गुमाइन् । पल पट शासन सन् १९७९ मा समाप्त भएको थियो ।

त्यसपछि उनी राजधानी नोम पेनमा रहेको एउटा डम्पिङ साइट नजिकै बस्न थालिन् । लामो समयसम्म बुन सेनले त्यही क्षेत्रमा फालिने फोहोरमैला जम्मा गरेर पुनः प्रयोग गर्न मिल्ने सामानहरू बेच्दै गुजारा चलाइन् । उनी छिमेकमा रहेका गरिब बालबालिकाको रेखदेखको काम पनि गर्थिन् ।

राजधानी नोमपेन्हबाट ९० माइलको दूरीमा क्यामपोङ चाम प्रान्तमा रहेको आÏनो गाउँ जाने उनको धोको थियो । तर उनको उमेर र अन्य थुप्रै कारणले त्यो कठिन भएको थियो । कम्बोडियन चिन्ड्रेन्स फन्ड नामक स्थानीय गैरसरकारी संस्थाले सन् २००४ यता बुन सेनलाई सहयोग गर्दै आएको छ । उनको भ्रमणको चाँजोपाँजो पनि उसैले मिलाइदिएको हो ।

त्यसपछि नै उनीहरूले बुन सेनका भाइ र दिदी गाउँमा जीवित नै रहेको पत्ता लगाएका हुन् । करिब आधा शताब्दीपछि बुन सेनले आÏनी दिदी बुन चिया र कान्छा भाइलाई गत साता भेटिन् । ‘मैले मेरो गाउँ धेरै पहिला नै छोडेँ र फेरि कहिल्यै फर्किनँ । मलाई सधैँ मेरा दिदीभाइ मरिसके होलान् भन्ने लाग्यो,’ बुन सेनले भनिन् ।
‘मेरी दिदीको हात समाउनु मेरा लागि ठूलो कुरा थियो । पहिलोपटक मेरो भाइले मेरो हात समाएपछि म रुन थालेँ ।’ कमेयर रुझ शासनकै बेला बुन चियाका पनि श्रीमानको मृत्यु भएको थियो । १२ सन्तानकी आमा उनी विधवा भइन् । उनलाई पनि आÏनी बहिनी मरिसकी होली भन्ने लागेको थियो ।

‘पल पटले हाम्रा १३ जना आफन्तहरू मारेका थिए र हामीलाई दिदीलाई पनि मारे भन्ने लागेको थियो । यो धेरै समयअघिको कुरा हो,’ उनले भनिन् । लामो समयपछि भेटेका दिदीबहिनी एकअर्कासँग समय बिताइरहेका छन् । यो साता उनीहरूले राजधानी सँगै घुमे । बुन चियाले भनिन्, ‘कुरा गरिरहे पनि बहिनीलाई देख्न पाइएला भनेर कहिल्यै पनि लागेको थिएन ।’

The post कम्बोडियामा १०१ र ९८ वर्षका दिदीबहिनीको ४७ वर्षपछि भेट appeared first on Rajdhani Daily News.

सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग

Previous articleसरकारले विकासको गतिलाई तीव्र बनाएको छ : गृहमन्त्री थापा
Next articleपृथ्वी गोलो नभएको प्रमाणित गर्न अन्तरिक्ष जान खोज्दा मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।