सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग

Click Image

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनगढीमा अवस्थित शारदा माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।

विद्यालय प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । बैंकले विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्नका लागि आवश्यक पर्ने कम्प्युटर ल्याबका सामग्री खरिद गर्नका निम्ति उक्त सहयोग रकम उपलब्ध गराएको हो । विद्यालयले विद्यार्थीको चौतर्फी विकासका निम्ति विभिन्न कार्यक्रमलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली समृद्ध नेपाल’को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने पनि बंैकले जनाएको छ ।

बैंकले देशैभरि फैलिएका ९३ शाखा, ९० एटीएम र १०३ वटा शाखारहित बैंकिङ एकाइबाट करिब ५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ


सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगीकार गर्दै बैंकले ग्राहकलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवासुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनासमेत सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा बैंकको भिजा डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेसिनमार्फत सामान वा सुविधा खरिद गर्दा २० प्रतिशतसम्म क्यासब्याक हुने योजना सञ्चालनमा रहेको छ ।

The post सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग appeared first on Rajdhani Daily News.

टाँडी नजिकै बन्यो सांस्कृतिक ग्राम, होमस्टे पनि संचालन हुने; मेयर वनले गरे उद्घाटन

Previous articleसामसङको ए ७१ र ग्यालेक्सी ए ५१ मोवाइल बजारमा
Next articleचिनियाँ राष्ट्रपति सी कोरोना प्रभावित वुहान भ्रमणमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।