बेचबिखनमा परेका महिलालाई सीपमूलक तालिम

सुनसरीको इटहरी उपमहानगरपालिका-२ मा रहेको माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहले विभिन्न बहानामा बेचबिखनमा परेका १६ महिलालाई पाँचमहिने सीपमूलक तालिम प्रदान गरेको छ।

लामो समयदेखि महिला बेचबिखनको क्षेत्रमा काम गर्दै आएको माइती नेपालले उद्धारका साथै आत्मनिर्भर बनाउनका लागि विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको हो।

अन्तर्राष्ट्रिय समस्या बनेको चेलीबेटी बेचबिखनलाई कम गर्न तथा बेचबिखनमा परेकालाई पुनःस्थापना गराउँदै आएको माइती नेपालले यो पटक सीपमूलक तालिमअन्तर्गत सिलाइबुनाइ, शिशु स्याहारलगायतको तालिम प्रदान गरिएको माइती नेपालकी कार्यक्रम संयोजक सुनिता कार्कीले बताइन्।

छ महिनासम्म तालिम लिएर बिदाइ हुने सबैले आत्मनिर्भर हुने गरी समाजमा पुुनःस्थापना भएपछि काम गर्र्नुपर्ने र अरुलाई पनि आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्ने उनको भनाई थियो।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धमराज भण्डारीले मानव बेचबिखनको सञ्जाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म फैलिएको छ भन्दै यसको न्यूनीकरणमा माइती नेपालले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताए।

कारागार निर्माणको क्रममा थुनिएको नालामा डुबेर ३ बालकको ज्या’न गयो

Previous articleदिल्ली हिंसा: ज्यान गुमाउनेको संख्या १३ पुग्यो, उत्तर प्रदेश र हरियाणाको सीमामा निगरानी बढाइयो
Next articleमेघगर्जन चट्याङसहित वर्षाको सम्भावना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।