काठमाडौं, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार राष्ट्रपतिबाट मनोनित गर्ने एक जना राष्ट्रिय सभा सदस्यका लागि उपाध्यक्ष गौतमको नाम मन्त्रिपरिषदबाट निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले संविधान संशोधन गर्न नेकपाले कार्यदल नबनाएको पनि प्रष्ट पारेको छ ।
The post बामदेवलाई राष्ट्रियसभाको सदस्य बनाउने नेकपाको निर्णय appeared first on Koshi Online.


