
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का महिन्द्रा एण्ड महिन्द्राको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन्।
अग्नि ग्रुपले बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै पूर्वकप्तान खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले जानकारी दिए।

खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेसँगै ग्रुपले ग्लोबल एनसीएपीको पहिलो सेफर च्वाइस अवार्ड विजेता गाडी एक्सयुभी ३०० समेत प्रदान गरेको छ।
राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर खड्काले अग्नि ग्रुपले आफूलाई अग्नि इन्कर्पोरेटेडको ब्राण्ड एम्बेसडर नियुक्त गरेकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा उनले भने, ‘यो ग्रुपको डिस्ट्रिब्युटरसिप रहेको मोटरसाइकलको यसअघि नै ब्राण्ड प्रवद्र्धक रहिसकेको छु। हाम्रो सम्बन्ध निकै लामो रहिसकेको छ।’
कार्यक्रममा अग्नि ग्रुपका कम्पनी वरिष्ठ निर्देशक तथा सचिव दुर्गा प्रसाद आचार्य र उपनिर्देशक वरदान बस्नेतको समेत उपस्थिति थियो।

यसअघि मंगलबार नेपाल टेलिकमले पारस खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो।



