
खेल मिलेमतोको अभियोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती क्लबका कप्तान दीपेश श्रेष्ठलाई २ वर्षको प्रतिबन्ध लगाएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै कप्तान दीपेशलाई प्रतिबन्धसँगै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ।
एन्फाले खेल मिलेमतोको अभियोगमा कुनै पनि खेलाडीलाई कारवाही गरेको यो पहिलो पटक हो। एन्फाले प्रतियोगिता नियमावली विपरित कार्य गरेकोले अनुशासन समितिको गत फगुन २ गते बसेको बैठकले कारवाही गरेको जनाएको छ।
लिगको ५९ औं खेलमा हिमालयन शेर्पा क्लबविरुद्धको खेलमा दीपेशले खेल मिलेमतोको प्रस्ताव गरेको आशंकामा एन्फाले अन्तिम ३ खेल खेल्नबाट उनलाई प्रतिबन्ध लगाएको थियो।
सोही घटनामा एन्फाले हिमालयन शेर्पाका व्यवस्थापक विजेन्द्र पुडासैनीलाई ३ महिनाको प्रतिबन्ध लगाउनुका साथै ३० हजार रुपैयाँ जरिवाना तोकेको छ। यस्तै शेर्पाकै गोलकिपर प्रशिक्षक मिन बस्नेतलाई एक पटकलाई सुध्रने मौका दिइ कडा चेतवानी दिइएको एन्फाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
दीपेश हाल एन्फाको स्वीकृति प्राप्त चौथो सुदूरपश्चिम खप्तड गोल्डकपमा सुदूरपश्चिम–११ बाट खेलिरहेका छन्।
आमा पोईला गएपछि ६ बर्षपछि बल्ल नुहाए गुल्मीका यी भाईले (भिडियो)


