मनाङ मर्स्याङ्दी क्लब बुढासुब्बा गोल्डकपको फाइनलमा

मनाङ मर्स्याङ्दी क्लब २२औं बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश गरेको छ। धरान रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा युनाइटेड कर्साङ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो।

मनाङको जितमा विमल राना र दयानन्द सिंहले गोल गरे। खेलको २० औं मिनेटमा कमल श्रेष्ठको क्रसमा विमलले हेडर गोल गर्दै अग्रता दिलाएका थिए।

दोस्रो हाफको इन्जुरी समयमा दयानन्दले अग्रता दोब्बर पारे। दयानन्दले निशान लिम्बुको क्रसमा हेडर गोल गरेका थिए।

गोल्डकपको दोस्रो सेमिफाइनलमा बिहीबार ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्। उपाधि भिडन्त शनिबार हुनेछ।

दशगजा क्षेत्रमा भोकभोकै अलपत्र ५ सय बढी नेपालीलाई ल्याइयो रुपन्देही

Previous articleसरस्वतीका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्ष प्रतिबन्ध
Next articleगौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने ‘अनुरोध’ प्रधानमन्त्रीले अस्वीकार गर्न सक्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।