मैनालीसहित दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइते सबैलाई काठमाडौं लगिएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई काठमाडौंको ग्रान्डी हास्पिटल लगिएको प्रहरीले जनाएको छ।

मैनालीसहित घाइते उनका परिवारिक सदस्य र चालकलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारको लागिभर्ना गरिएको थियो। मैनालीको अवस्था गम्भीर रहेको कारण यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट उनीसहित सबैलाई काठमाडौँ लगिएको हो।

घाइते सबैलाई लिन नेपाली सेनाको हेलिकप्टर बर्दिबासस्थित मध्यपूर्वी प्रितना नेपाली सेनाको क्याम्पमा अवतरण गरेको थियो। अस्पतालबाट त्यहाँसम्म घाइतेहरुलाई एम्बुलेन्समा लगिएको थियो।

बिहीबार दिउँसो झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कारलाई पृथ्वी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो।

दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन्। बुहारी पूजाको दुवै खुट्टा मर्किएकोे छ।

हरियो मकैले धानेको बुढ्यौलीः ‘सम्पत्तिमा सबैको हाईहाई, विपत्तिमा कोही छैन दाजुभाइ

Previous articleफ्रान्स पठाईदिने बहानामा महिलाले ठगिन् ३८ लाख
Next articleत्रिविको बीएससी सीएसआईटी कप १७ गतेदेखि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।