त्रिविको बीएससी सीएसआईटी कप १७ गतेदेखि

त्रिभुवन विश्वविद्यालयको बीएससी सीएसआईटी कप क्रिकेट यही फागुन १७ गतेदेखि सुरु हुने भएको छ।

गत वर्षको विजय न्यु समिट कलेज शान्तिनगरले राष्ट्रिय खेलकुद परिषद तथा नेपाल क्रिकेट संघको सहयोगमा राष्ट्रव्यापी रुपमा उक्त प्रतियोगिता गर्न लागेको हो।

शनिबार काठमाडौंको मूलपानी क्रिकेट मैदानबाट खेल सुरु हुनेछ। यो प्रतियोगिता १० वर्षयता हुँदै आएको छ। डाबर नेपाल, केएफसी पब्लिकेसन, दीर्घायु गुरु हस्पिटल, लगायत अन्य कम्पनीको सहयोगमा सञ्चालन हुने प्रतियोगितामा १३ वटा कलेजले भाग लिने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले ६० हजार, रनर अपले ४० हजार नगद पुरस्कार पाउनेछन्।

म्यान अफ द म्याच, म्यान अफ द सिरिजलाई पनि पुरस्कृत गरिने बताइएको छ। प्रतियोगिता यही फागुन २८ सम्म चल्नेछ।

बाराको पथलैयामा सेनाको ब्यारेक राखेकोमा सांसद सरिता गिरीको आपत्ति (भिडियो)

Previous articleमैनालीसहित दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो
Next articleनाइजेरियामा एक सिपाहीले आफ्नै ४ सहकर्मीको हत्यापछि गरे आत्महत्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।