सुदुरपश्चिम राष्ट्रको दाहिने आँखा र दाहिने हात हो : राष्ट्रपति भण्डारी

डडेल्धुरा । सुदुरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सुदुरपश्चिम राष्ट्रको दाहिने आँखा र दाहिने हात रहेको बताएकी छन् ।

शुक्रबार उग्रतारादेवीको मन्दिरमा दर्शन गरेकी राष्ट्रपति भण्डारीले सुदुरपश्चिम प्रदेशमा विकासको धेरै सम्भावना भएकोले क्षेत्र राष्ट्रको दाहिने आखाँ र दाहिने हातको रुपमा रहेको छ ।

भ्रमण वर्ष २०२०को शिलसिलामा सुदुरपश्चिम प्रदेशका दार्चुला जिल्लाको मालिका अर्जुन मन्दिर, बैतडीको निङ्लाशैनी मन्दिर र डडेल्धुरा जिल्लाको प्रशिद्ध उग्रतारा मन्दिरको दर्शन गरेको राष्ट्रपति भण्डारीले बताइन् ।

राष्ट्रपति भण्डारीलाई अमरगढी नगरपालिका र उग्रतारा क्षेत्र विकास समितिले नागरिक अभिनन्दनसहित सम्मान गरेको थियो । यसैगरी क्याम्ब्रीज स्कुल र व्रह्मकुमारी ईश्वरीय विद्यालयले मायाको चिनो प्रदान गरेका थिए ।

नागरिक अभिनन्दन पश्चात राष्ट्रपति भण्डारीले सुदुरपश्चि प्रदेशको भ्रमणको शिलशिलामा जनताहरुबाट धेरै माया र स्नेह पाएकोले आफुलाई थप हौसला प्राप्त भएको बताइन् । भ्रमणदलमा सुदुररपश्चिम प्रदेशका प्रदेश प्रमुख सर्मीला कुमारी पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट, सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा रहेका थिए ।

The post सुदुरपश्चिम राष्ट्रको दाहिने आँखा र दाहिने हात हो : राष्ट्रपति भण्डारी appeared first on Rajdhani Daily News.

मानवको नाममा क’लङ्क: बुहारी ऐया ऐया भन्दै रुँदै, ससुरा बेल्टले कु’ट्दै गरेको भिडियो बाहिरियो

Previous article२० हजार घुससहित धनुषाका वडासचिव पक्राउ
Next articleनेपालबाट भारततर्फ गाँजा तस्करी गर्ने तीन भारतीय पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।