फोटोसप गरिएको तस्बिरमा इभान्का ट्रम्पको प्रतिक्रिया यस्तो…

भ्रमणका क्रममा ट्रम्पसँग श्रीमती मलेनिया ट्रम्पसँगै ट्रम्पका ज्वाँइ ज्यारेड कुस्नर र छोरी इभान्का ट्रम्प पनि भारत पुगेका थिए।

इभान्काले भारत भ्रमणका क्रममा आगरास्थित ताज महलमा भ्रमण गरेकी थिइन्। इभान्काले भ्रमण गरेका स्थानहरुको तस्बिर भारतीय नागरिकले फोटोसप गरेर रोचक किसिमको बनाएपछि यतिबेला ट्रम्पकी छोरी इभान्काले उक्त तस्बिरहरुमा प्रतिक्रिया जनाएकी छिन्।

Image

हाल फोटोसप गरिएका तस्बिरहरु भाइरल बनिरहेका छन्। यसबीचमा इभान्काले भारतीय नागरिकको माया र सद्भावले आफू अत्यन्त खुशी भएको बताएकी छिन्।

उनले आफ्नो ट्वीटरमै उक्त तस्बिरहरु सेयर गरेर फोटोहरु राम्रो लागेको बताएकी छिन्।

Image

कतारमा रहेको दुताबासमा पासपोर्ट Renew गर्न दिनुभएको छ? तपाईको पासपोर्ट आयो कि ??

Previous articleनेपाली भाषाको जानकारीमूलक पुस्तिका अमेरिकामा प्रकाशित
Next articleखरिपाटी क्वारेन्टाइनका १७५ जना आज घर फर्काइँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।