बेनी-जोमसोम सडकखण्डमा जेसिबी पुरियो, हताहतिको आशंका

घाँसानेर भर्खरै सुख्खापहिरो जाँदा बेनी-जोमसोम सडकखण्डमा दुईवटा स्काभेटर पुरिएको छ भने पहिरोमा एउटा जेसिबीका चालक पनि पुरिएका छन्।

समाचार तयार पार्दासम्म त्यहाँ उद्धारको काम सुरु भएको छैन। दिनभर बाटो खनेर बाटो सफा गर्दैगर्दा माथिबाट आएको सुख्खा पहिरोमा परि जेसिबी पुरिएको प्रत्यक्षदर्शी विजय केसीले जानकारी दिए।

बेनी-जोमसोम सडकखण्ड अहिले निर्माणकै क्रममा छ। घटनास्थल घाँसाभन्दा ५ किलोमिटर टाढा रहेको उनले जानकारी दिए। सुख्खा पहिरो जाँदा सो सडकखण्डमा सवारी आवागमन ठप्प भएको छ।

मुस्ताङमा प्रहरी कार्यालयका अनुसार सो ठाउँमा दुईवटा स्काभेटर पुरिएको खबर आएको छ। घाँसाको सो क्षेत्रमा टेलिफोन नलाग्ने भएकाले बिस्तृत विवरण प्राप्त हुन कठिनाई भएको तथा प्रहरी टोली घटनास्थलतर्फ हिँडेको संचार शाखामा कार्यरत जवान सुदीप लम्सालले जानकारी दिए।

६२ जना यात्रुसहित सम्पर्कवि’हीन भएकाे जहाज समुन्द्रमा ख’सेकाे आ’शंका

Previous articleकोरियामा एक नेपालीलाई कोरोना संक्रमणको आशंका
Next articleमिर्गौला प्रत्यारोपणका लागि जानुपूर्व प्रधानमन्त्रीले देशवासीका नाममा सन्देश दिनुहुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।