कोरोनाबाट बच्न सतर्कता अपनाउन कांग्रेसको अपील

काठमाडौं, १९ फागुन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) नेपालमा प्रवेश र विस्तार हुन नदिन सतर्कता अपनाउन अपिल गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपालले सतर्कता राख्नुपर्ने आवश्यक्ता रहेको बताए ।

“मुलुकले सतर्कताको पर्याप्त पूर्वतयारी गर्न सकेन र जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरा छ”, उनले भने ।

कांग्रेसले विश्व स्वास्थ सङ्गठन (डब्लूएचओ) ले उच्च जोखिममा रहेकोे राष्ट्र भनेर नेपाललाई घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी गर्न सरकारसँग आग्रह गरेको छ ।

कोरोना संक्रमित मुलुकको सूची जारी गरेर ती देशमा नेपालीको भ्रमणमा अस्थायी रुपले तत्काल रोक लगाउन र संक्रमण फैलिएका मुलुकहरुसँग नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाउन कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेसले जोखिम सामना गर्न कुनै पनि कमजोरी र सम्झौता नगर्न सरकारलाई सार्वजनिक आग्रह गर्दै समस्त नेपालीमा संयमतापूर्वक सतर्कताका लागि अपिल गरेको छ ।

The post कोरोनाबाट बच्न सतर्कता अपनाउन कांग्रेसको अपील appeared first on Koshi Online.

साथीलाई सा’पट दिएको पैसा फिर्ता माग्दा तामिल लगाएर कु’टियो, खुट्टा समेत का’टियो

Previous articleअस्पताल जानुअघि प्रधानमन्त्री ओलीले भिडियो सन्देश दिने
Next articleउड्ययन प्राधिकरणले भन्योः आफन्त भेट्न विमानस्थल नआउनु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।