अस्पताल जानुअघि प्रधानमन्त्री ओलीले भिडियो सन्देश दिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला प्रत्यारोपणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जानुपूर्व आज भिडिओ सन्देश दिनेछन् । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले आज साँझ प्रधानमन्त्रीले भिडिओबाट देशवासीलाई सन्देश दिने जानकारी दिए ।

सो अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ चिकित्सकको निगरानीमा उनको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । प्रा डा दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुने छ । प्रत्यारोपणपूर्व उहाँको आज रगत, दिसापिसाबलगायत जाँच हुने डा ज्ञवालीले जानकारी दिए ।

‘प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई आजदेखि ‘प्रिप्रेशन’मा राखिने छ’, उनले भने । उनको मुटुको एन्जियोग्राफी जाँच गर्दा भने मुटुमा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टर, मुटु रोग विभाग प्रमुख प्रा डा अरुण सायमीले बताए ।

The post अस्पताल जानुअघि प्रधानमन्त्री ओलीले भिडियो सन्देश दिने appeared first on Rajdhani Daily News.

लाईसेन्समा अब नयाँ नियम आउंदै: ट्रायल पुरै नकटाए पनि लाईसेन्स पाईने

Previous articleशंकास्पद स्वदेशी एवं विदेशी नागरिकलाई आइसोलेसनमा राख्न सर्वोच्चको आदेश
Next articleकोरोनाबाट बच्न सतर्कता अपनाउन कांग्रेसको अपील
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।