मकवानपुरबाट ६ किलो सुनसहित भारतीय नागरिक पक्राउ

हेटौंडा । मकवानपुरमा ६ किलो भन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

मंगलबार हेटौंडा–१५ स्थित रातोमाटेमा काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको बस चेकजाँच गर्ने क्रममा भारतका ४२ वर्षीय अब्दुल मजिद अनेकललाई सुनसहित पक्राउ गरेको हो ।

बरामद भएको सुन बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको रहेको प्रहरीले बताएको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

The post मकवानपुरबाट ६ किलो सुनसहित भारतीय नागरिक पक्राउ appeared first on Rajdhani Daily News.

दु:खद् खबर: काम गर्दागर्दै साउदीमै अ’स्ताए सोनाम

Previous articleसार्वजनिक जग्गा कार्यकर्तालाई नबाँड्न सांसदको माग
Next articleउत्तर कोरियाले भन्योः हाम्रो देशमा कोरोनाभाइरस छैन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।