हेटौंडा । मकवानपुरमा ६ किलो भन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
मंगलबार हेटौंडा–१५ स्थित रातोमाटेमा काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको बस चेकजाँच गर्ने क्रममा भारतका ४२ वर्षीय अब्दुल मजिद अनेकललाई सुनसहित पक्राउ गरेको हो ।
बरामद भएको सुन बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको रहेको प्रहरीले बताएको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
The post मकवानपुरबाट ६ किलो सुनसहित भारतीय नागरिक पक्राउ appeared first on Rajdhani Daily News.


