काठमाडौं । फोर्ड नेपालका लागि आधिकारिक बिक्रेता जिआ अटोमोबाइल्स प्रालिले २०२० संस्करण फोर्ड इको–स्पोर्ट गाडी बजारमा ल्याएको छ । भारत स्टेज भीआईमा आधारित २०२० स्ांस्करणको इको–स्पोर्ट पुरानो मूल्यमा नै निरन्तरता दिई सार्वजनिक गरिएको छ ।
२०२० मा सार्वजनिक यो गाडी ड्राइभिङका लागि रमाइलो, शक्तिशाली र पेट्रोल डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको पनि कम्पनीले जनाएको छ । इको–स्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएसभीआईमा आधारित १.५ लिटरको टीडीसीएल डिजल इन्जिन रहेको छ ।
लाइन–अपमा फोर्डको नयाँ तीन सिलिन्डरयुक्त १.५ लिटर टीआई भीसीटी पेट्रोल इन्जिन समावेश छ । पेट्रोल इन्जिन पाँच स्पिड म्यानुअल ट्रान्समिसन र ६ स्पिड अटोमेटिक ट्रान्समिसनामा उपलब्ध छ ।
२०२० संस्करण इको–स्पोर्ट तीन वर्ष वा १ लाख किलोमिटरको वारेन्टीका साथ आउने यी गाडीहरू स्वामित्व आफ्नो सेग्मेन्टमा सबैभन्दा कम स्वामित्व खर्च रहेको पनि कम्पनीले जनाएको छ । यस संस्करणमा पनि इको–स्पोर्टले आकर्षक बाहिरी बनावट, आरादायी भित्री बनावट तथा स्टाइललाई कायम राखेको छ । यो सन रूप जडित भेरियन्टमा उपलब्ध छ ।
The post फोर्डको २०२० संस्करणको इको–स्पोर्ट गाडी बजारमा appeared first on Rajdhani Daily News.
साउदी अरबले स्कुलमा रामायण र महाभारत पढाउन थालेकै हो त ? यस्तो आयो कुरा


