६ तालिबान लडाकूद्वारा आत्मसमर्पण

काबुल । अफगानिस्तानको पश्चिमी प्रान्त बाद्घिसको प्रान्तीय राजधानी कला ए नाउँमा ६ जना तालिबानी लडाकूले आत्मसमर्पण गरेका प्रान्तीय गभर्नरका प्रवक्ता निजामिदिन बुर्हानीले मङ्गलबार बताएका छन् ।
तालिबानका कमान्डर शरीफको नेतृत्वमा रहेका ती पूर्वआतंककारी विगत दुई वर्षदेखि अब कमारी जिल्लामा सरकारविरोधी गतिविधिमा संलग्न रहँदै आएका थिए । उनीहरूले आफूसँग रहेको हातहतियार प्रहरीलाई बुझाएर प्रान्तमा शान्ति स्थापनाका लागि काम गर्ने वाचा गरेका समाचारमा जनाइएको छ ।

संयुक्त राज्य अमेरिका र अफगानिस्तानको तालिवान समूहबीच गत शनिबार अर्थात फेबु्रअरी २९ का दिन शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताका लागि अमेरिकाको तर्फबाट विदेशमन्त्री माइक पोम्पेओ र तालिवानी समूहका नेता कतारको राजधानी दोहा पुगेका थिए । सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रद्वारा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको छ ।

सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा तैनाथ आठ हजार ६ सय सैनिकलाई आगामी १ सय ३५ दिनभित्रमा पहिलो चरणमा फिर्ता लगिनेछ भने अमेरिका र उसका सहयोगीले बाँकी सबै सैनिकलाई १४ महिनाभित्र फिर्ता गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

सम्झौताअनुसार अफगानी विद्रोहीको प्रभाव क्षेत्रमा अलकायदा तथा अन्य अतिवादी इस्लामिक समूहका गतिविधि नियन्त्रणमा तालिवान समूहले सरकारलाई सहयोग गर्नेछ । दोहा सम्झौताले विगत १८ वर्षदेखि अफगानिस्तानमा तैनाथ भइ लड्दै आएका हजारौं अमेरिकी सेनालाई फिर्ता हुने वातावरण मिलेको छ । अफगानी तालिवान समूहले आगामी दिनमा हिंसा नगर्ने र अमेरिकी सेनाको सहयोग प्राप्त अफगान सरकारले पनि तालिवान समूहलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरी शान्तिका लागि काम गर्नेछ

The post  ६ तालिबान लडाकूद्वारा आत्मसमर्पण appeared first on Rajdhani Daily News.

कतार प्रहरीमा नेपाली पठाउने कुरा अन्योल मै; दुताबासमै अड्कियो मागपत्र

Previous articleफोर्डको २०२० संस्करणको इको–स्पोर्ट गाडी बजारमा
Next articleएमीले छाडिन् राष्ट्रपति उम्मेदवारको दौड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।