सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन

चितवन। पूर्वी चितवनका पत्रकारले काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा आज प्रदर्शन गरेका छन् ।

शुक्रबार भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकको आगलागीमा परी मृत्यु भएको थियो ।

उक्त घटनाको विरोधस्वरुप आज बिहान रत्ननगरको सौराहा चोकमा पत्रकारहरुले प्रदर्शन गरेका हुन्।

Previous articleराजावादीको आन्दोलनमा दुई जनाको मृत्यु, २२ जना घाइते, मृतकमध्ये एक पत्रकार
Next articleमाधवपुरका सुत्केरीलाई वडा कार्यालयको कोशेली : कुखुराको भाले र घ्यू
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।