गृहमन्त्री सुधन गुरुङको सम्पती : ४ करोड ३० लाखको शेयर

गृहमन्त्री सुधन गुरूङको सम्पत्ति विवरण सार्वजनिक भएको छ।  आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरू सबै जनाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

गृहमन्त्री गुरूङले धनकुटामा १९ रोपनी १५ आना लगानीबाट प्राप्त जग्गा भनेर खुलाएका छन्। बुबा दिलबहादुर गुरूङ (पिता) को नाममा चितवनमा ३० कट्ठा, बाजे रामसल गुरूङ र परिवारको नाममा २२१ रोपनी पैतृक जग्गा भएको खुलाएका छन्।

८९ तोला सुन, ६ किलो चाँदी पैत्रिक सम्पत्ति देखाएका छन्। गुरूङको लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ र सानीमा बैंकमा एक हजार ५७४ रुपैयाँ देखाएका छन्।

होप होल्डिङ्स प्रालिमा ३० लाख रुपैयाँ बराबरको ३० हजार कित्ता शेयर देखाएका छन्। लगुम प्रमियम अपार्टमेन्ट्समा ५७ लाख बराबरको ५७ हजार कित्ता शेयर देखाएका छन्।

धितोपत्र बजारमा २ करोड ७४ लाख ५६ हजार २०० बराबरको शेयर देखिएको छ।  एड्भेन्चर भिल्ला प्रालिमा ७० लाखको ७० हजार कित्ता शेयर देखाएका छन्। उनले आफ्नो शेयर व्यवसाय, पैत्रिक सम्पत्ति र लगानीमार्फत आर्जन गरेको खुलाएका हुन्।

त्यस्तै उनले लगुम प्रिमियमको नाममा रहेको ०३२ च ४४७७ एमजी एस५ कार पनि देखाएका छन्। उक्त कार गत असोज १६ गते ४७ लाख ९९ हजार रुपैयाँमा किनेको खुलाएका छन्।

Previous articleरत्ननगरको आधारभूत शिक्षा संकटमा; सामुदायिक तर्फका ६८२ मध्ये ४२३ ननग्रेडेड
Next articleरवि लामिछानेको मुद्दामा चितवन अदालतले दियो वारेस सुविधा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।