असली संस्कार देखाउँदै गगनले ओलीलाई भने, ‘चाँडै घर फर्कनुस्, संसदमा स्वागत गर्न कुरिररहने छौं’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मृगौला प्रत्यारोपण गराउन अस्पतालमा छन्। टिचिङ हस्पिटल महाराजगन्जमा आज विहान ९ बजेबाट ओलीको मृगौला प्रत्यारोपण हुँदैछ। सबैले ओलीको स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

यही क्रममा कांग्रेसका युवा नेता गगन थापाले समेत ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्। बुधबार विहानै ट्वीट मार्फत गगनले ओली चाँडै घर फर्कने आशा व्यक्त गरेका हुन्। उनले ओलीलाई संसदमा स्वागत गर्न कुरिरहने बताएका छन्।

‘@PM_Nepal नेपालको उत्कृष्ट अस्पताल , उम्दा क्षमताको चिकित्सक र स्वास्थ्यकर्मीको टोली, अनि तपाईंको गजबको आत्मविश्वास र हामी सबै नेपालीको शुभेच्छा, पूर्ण विश्वास छ स्वस्थ भएर चाडैं घर फर्कनुहुनेछ,’ उनले ट्वीटमा भनेका छन्, ‘हामी संसदमा तपाईंको स्वागत गर्न कुरिरहेका हुनेछौं।’

कतार जाने यात्रुलाई हिमालय एअरलाइन्सले जारी गर्यो यस्तो सुचना

Previous articleथारु डान्स स्टार-२०७६ मा आशिका र सुनिल
Next articleनेपालमै ‘मिस वल्र्ड’को आयोजना गर्न प्रकृया अघि बढाउदै मन्त्री भट्टराई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।