थारु डान्स स्टार-२०७६ मा आशिका र सुनिल

रामधुनी / खाेज नयाँ प्रतिभाकाे उद्वेश्य राखी थारु डान्स स्टार–२०७६ सिजन-२ शनिबार भएको फाइनल प्रतियोगितामा सुनिल र आशिका प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगीतामा व्दितिय मनेश र बिनिता चौधरी, तृतीय प्रभा चौधरी भएका छन् । बिजेता लाई क्रमशः नगद एक लाख, ५० हजार र २५ हजार रुपैया र सिल्ड प्रदान गरिएको छ । बिजेता टप सात जना आशीष बिकेस, रिकेस, कृति, प्रितिमा चौधरी, अनु लिम्बू, अनुसा राजधामी भएका छन् । बिजेताहरुलाइ मिस नेपाल ईन्टरनेशनल–२०१६ की बर्षा लेखी र चर्चित डान्सर ममता चौधरीले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन् । थारु डान्स स्टार टप २० जना बिच प्रस्तिप्रधा भएको थियो ।

यस अघि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रतियोगीताको उदघाटन गरेका थिए । उनले पगरी र धोती थारुको मात्र होईन, नेपालीको पोशाक भएका चर्चा गरे । नेपालमा बिबिधता भित्र एकता रहेको बताउदै भाषा, सस्कृति संरक्षन र सम्बर्द्धन गर्ने प्रदेश सरकारको नीति रहेको साथै सबै जातजातिकाे चार्डपर्व, रितिरीवाजलाई सम्मान पुर्व हेरीने बताए छन । रामधुनी नपाका प्रमुख जय प्रकाश चौधरी, वडा अध्यक्ष घनश्याम चौधरी, महेश चौधरी, थारु नेता चन्द्र नारायण चौधरी लगायतको सहभागीता थियोे । गत बर्षको प्रतियोगितामा दुई जना प्रबिन र प्रमानन्द चौधरी प्रथम बिजेता बनेका थिए ।

कार्यक्रमको निर्देशक निशान प्रकृति थारुले थारु डान्स स्टार थारु समुदायकाे नेपाल भरीमै ठुलाे धनराशी पुरस्कार भएकाे सबभन्दा उत्कृष्ट कार्यक्रम हाे यसले थारु कला, गीत संगितलाई उजागर गर्नका लागि गत बर्ष देखि आयोजना गरिएको प्रतियोगितालाई निरन्तरता दिने जानकारी दिए । कार्यक्रम थारु जागरण अभियान सुनसरीका अध्यक्ष तारादेवी चाैधरीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

The post थारु डान्स स्टार-२०७६ मा आशिका र सुनिल appeared first on Purbeli News.

साउदीबाट कोरोना पोजेटिभ रिपोर्ट बोकेका व्यक्तिलाई हिमालयन एअरलाइन्सले नेपाल झारेपछि….

Previous articleआजको राशिफल : फागुन २१ गते, बुधबार
Next articleअसली संस्कार देखाउँदै गगनले ओलीलाई भने, ‘चाँडै घर फर्कनुस्, संसदमा स्वागत गर्न कुरिररहने छौं’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।