अब ओलीका शरिरमा चारवटा मृगौला!

काठमाडौं–सबै परीक्षण सकारात्मक देखिएपछि बुधवार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ मिर्गौला प्रत्यारोपण हुँदैछ।

पूर्वनिर्धारित योजनानुसार नै शल्यक्रिया तथा अन्य प्रक्रिया सुरु हुने प्रा. डा. प्रेमराज ज्ञवालीले बीबीसीलाई बताए। बाह्र वर्षअघि भारतमा पहिलो पटक उनले मिर्गौला प्रत्यारोपण गराएका थिए।

अहिले ओलीको शरीरमा प्रत्यारोपित एउटा मिर्गौलासहित तीनवटा मिर्गौला छन्। ज्ञवालीका अनुसार यो प्रत्यारोपणपछि चारवटा हुनेछन्।

‘फेर्ने भनेको उहाँको झिकेर नयाँ लगाउने होइन नि। नयाँ मात्रै लगाउने हो,’ ज्ञवालीले भने, ‘वहाँका आफ्नै दुइटा भए। एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो,’

ओलीको शल्यक्रिया गर्ने प्रमुख चिकित्सक भन्छन्, ‘प्रधानमन्त्री वा सामान्य व्यक्तिमा फरक हुँदैन’ अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले भने, ‘म अलप हुन्नँ’

ओलीलाई एक नातेदार महिलाले मिर्गौला दिन लागेको ओलीको सचिवालयले जनाएको छ।

प्रत्यारोपणको सम्पूर्ण प्रक्रियालाई झन्डै पाँच घण्टा लाग्ने बताइएको छ। मिर्गौलादाताको शल्यक्रिया झन्डै एक घण्टाअघि सुरु हुन्छ।
प्रधानमन्त्री ओली र अङ्गदाताबीच मङ्गलवार अन्तिम ‘क्रस–म्याच’ परीक्षण गरिएको थियो। उनी सोमवार अस्पताल भर्ना भएका थिए।
‘हिजो हामीले सबै परीक्षण सम्पन्न गर्‍यौँ। रगत, पिसाब र ईसीजीजस्ता सबै परीक्षण गरिसकिएको छ,’ डा. ज्ञवालीले भने।

त्यसबाहेक प्रधानमन्त्री ओलीको हिजो डायालिसिस पनि गरिएको थियो। प्रत्यारोपणका लागि आवश्यक पर्ने नाता प्रमाणित गर्ने लगायतका कार्य मङ्गलवार नै सम्पन्न गरिसकिएको र अन्य आवश्यक तयारी समेत पूरा भइसकेको डा. ज्ञवालीले बताए। भारतबाट आएका चिकित्सकहरूको नेपाल मेडिकल काउन्सिलमा दर्ता गर्ने काम पनि मङ्गलवार नै भयो।

ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भारतीय डा. अनन्त कुमार र अर्का एक मिर्गौलारोग विशेषज्ञ भारतबाट आएका छन्। तर शल्यक्रिया नेपाली चिकित्सकहरूले नै गर्ने र उनीहरूलाई तयारी अवस्थामा मात्रै राखिएको ज्ञवालीले बताए। ‘शल्यक्रिया गर्ने बेला उहाँहरू हामीसँगै रहनुहुनेछ,’ उनले थपे।

‘शल्यक्रिया गर्ने हामीले नै हो। उहाँहरूलाई तयारी अवस्थामा राखिएको मात्रै हो। समस्या परे सहयोग लिन सकिन्छ,’ ज्ञवालीले भने। बीबीसी नेपालीबाट

साउदी कतार युएई लगायत सम्पूर्ण मुलुक बाट हुने उडान मे १४ सम्म बन्द

Previous articleक्यान्सर अस्पताल निर्माणमा जुटिन श्वेता
Next articleझापामा कोरोनाको सङ्क्रमणबाट बच्न हात धुने अभियान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।