प्रधानमन्त्री ओलीको शरीरमा अब चार ओटा मिर्गाैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गाैला प्रत्यारोपण भइरहेको छ । नयाँ मिर्गौला प्रत्यारोपण सफल भएको अवस्थामा प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला हुने छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेका अनुसार, प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको शरीरमा चार ओटा मिर्गाैला हुनेछ । ‘प्रत्यारोपण गर्ने भनेको पुरानो मिर्गौला निकालेर नयाँ मिर्गौला राख्ने होइन । यो हिसाबले प्रधानमन्त्रीको शरीरमा अब चारवटा मिर्गौला हुनेछ ।’

प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा पहिलो पटक प्रत्यारोपण गरिएको थियो । त्यतिबेलादेखि ओलीको शरीरमा तीनवटा मिर्गौला भएकाले अब चार ओटा हुनेछन् । १२ वर्षअघि गरिएको मिर्गौलाले काम गर्न छाडेपछि बुधबार फेरि नयाँ मिर्गौला प्रत्यारोपण थालिएको हो ।

The post प्रधानमन्त्री ओलीको शरीरमा अब चार ओटा मिर्गाैला appeared first on Rajdhani Daily News.

रत्ननगरले नगरपालिकाले सुरु गर्यो निशुल्क एम्बुलेन्स सेवा

Previous articleप्रधानमन्त्री ओलीलाई अपरेसन थिएटर लगियो
Next articleअर्थमन्त्रीमा खतिवडा पुनः नियुक्त, आजै सपथ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।