अर्थमन्त्रीमा खतिवडा पुनः नियुक्त, आजै सपथ

काठमाडौं, २१ फागुन । अर्थमन्त्रीमा डा युवराज खतिवडा पुनः नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै उनलाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा खतिवडालाई नियुक्त गरेकी हुन् ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि मङ्गलबार मात्र उनले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।

राष्ट्रपति भण्डारीले उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभारसमेत तोकेकी छन् ।

नवनियुक्त अर्थमन्त्री खतिवडालाई आजै राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ ।

The post अर्थमन्त्रीमा खतिवडा पुनः नियुक्त, आजै सपथ appeared first on Koshi Online.

बंगलादेशी नागरिक बोकेर उड्ने भयो हिमालय एअरलाइन्सको चार्टर्ड विमान

Previous articleप्रधानमन्त्री ओलीको शरीरमा अब चार ओटा मिर्गाैला
Next articleकोरोनाबाट बच्न पूर्वसावधानी अपनाउनुपर्छ : सभापति देउवा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।