कोरोनाको त्रासपछि इरानले ५४ हजार कैदीलाई रिहा गर्‍यो

तर उनीहरुलाई अस्थायी रुपमा मात्र रिहा गरेको इरान सरकारले बताएको छ।

भीड र समूहमा कोरोनाको संक्रमण चाँडै फैलने भएपछि कोरोनाभाइरसको संक्रमण रोक्नका लागि इरानले कैदीलाई अस्थायी रुपमा रिहा गरेको इरानका न्यायपालिकाका प्रवक्ता घोलमहुैन इस्माइलीले बताएका छन्।

जमानतमा उनीहरुलाई छाडिएको छ। पछि फेरि उनीहरुले अदालतले तोकेको आदेशअनुसार सजाय भोग्नुपर्नेछ।

इरान कोरोनाभाइरसबाट ग्रस्त मूलुकमध्ये एक प्रमुख राष्ट्र हो। त्यहाँ चीनपछि धेरै मानिस संक्रमणपछि मरेका छन्।

इरानमा हालसम्म २३ सय जनामा कोरोनाको संक्रमण देखिएको छ। त्यहाँ ७७ जनाको मृत्यु भएको छ। एजेन्सी

युएई पछी अब कुवेतले पनि लगायो नेपाल बाट प्रवेश निषेध

Previous article४ करोड २७ लाखको सुनसहित एक पक्राउ
Next articleअमेरिकामा टोर्नाडोका कारण बिमानहरु ध्वस्त, मृतकको संख्या २५ को मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।