
सुन तस्करीको बिगबिगी भइरहका बेला प्रहरीले ४ करोड २७ लाख रुपैयाँ मूल्य बराबरको सुनसहित एक जनालाई पक्राउ गरेको छ।
हेटौंडा–१५ रातोमाटेबाट ६ केजी २८९ ग्राम ३५० मिलिग्राम सुनसहित अब्दुल मजिद अनेकलाई मंगलबार पक्राउ गरेको हो। मकवानपुर जिल्ला प्रहरी कार्यालयअनुसार उनी भारतीय नागरिक हुन्।
काठमाडौंबाट वीरगञ्जतर्फ गइरहेको ना ६ख ७८७२ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा अब्दुलको झोलामा फलामको ब्यारिङ भेटिएको थियो। ब्यारिङभित्र लुकाएर राखिएको अवस्थामा सुन फेला परेको हो।
पक्राउ अब्दुललाई बरामद सुनसहित थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया (बारा) पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
चीनले दिएकाे चार सय थान अक्सिजन सिलिन्डर नेपाल एअरलाइन्स मार्फत नेपाल ल्याइयो


