यौन हिंसाको आरोपमा पूर्व डीएसपी पक्राउ

युवतीमाथि यौन हिंसाको आरोपमा पूर्व डीएसपी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार भक्तपुरबाट पूर्व डीएसपी राजकुमार खिउजुलाई पक्राउ गरेको हो।

गत माघ २३ गते जिल्ला अदालतले उनलाई पक्राउ पूर्जी जारी गरेको थियो। खिउजुले महानगरीय प्रहरी बृत्त चापागाउँको प्रमुख हुँदा एक युवतीलाई जागिरको प्रलोभन दिँदै यौन हिंसा गरेको आरोप लागेको परिसरका प्रमुख टेकप्रसाद राईले बताए।

युवतीको उजुरीपछि राजीनामा दिएर उनी फरार थिए।

राहातको बोरा काँधमा बोकेर दिल बहादुर चेपांगले भने मेरो लागी राज्य भनेकै सपना भिलेज हो

Previous articleजानककी मन्दिर ‘लाईटिङ’ योजना अलपत्र
Next articleजेलमा आलमको छुट्टै सानः घरको खाना, सिदा सरकारलाई दान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।