राहातको बोरा काँधमा बोकेर दिल बहादुर चेपांगले भने, “मेरो लागी राज्य भनेकै सपना भिलेज हो”
निराजन घिमिरे, जेठ २९, चितवन- चितवन जिल्ला ईच्छाकामना गाउँपालिका वार्ड नं. १ का स्थानीय हिजो निकै खुशी देखिए । यिनै खुशी हुने मध्य एक थिए हात्तिबांङ घर भएका दिल बहादुर चेपांग । जेठको चर्को घाममा लेदरको ज्याकेट लगाएर राहात थाप्न आएका चेपांग राहतको बोरा पाएपछि कम्ता खुशी देखिएनन् । खुशी हुनु पनि स्वाभाविक नै थियो, किनकि गिठ्ठाका बोक्रा नङले खुर्केर खाँदै छाक टार्ने दिल बहादुरको चुलोमा आज धेरै पछी मुसुरोको दाल र भात पाक्दै थियो ।

राहात बुझेपछि कार्यक्रमको रिपोर्टिंग गर्न पुगेका पत्रकार संग कुरा गर्दै दिल बहादुरले सपना भिलेजले संचालन गरेको कार्यक्रम बाट आफुहरुको समुदायमा निकै सकारात्मक परिवर्तन ल्याएको बताए । सपना भिलेजको प्रशंसा गर्दै उनले अगाडी भने ‘ मेरो लागी त राज्य भनेकै सपना भिलेज हो। त्यस्तै अर्की स्थानीय रोजिना मगरले आधा पेट खाएर बाँचिरहेका आफुहरुलाई यस्तो बेलामा राहत वितरण गर्न आउदा “भगवान आए” बराबर भएको बताईन् । ‘ सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले चितवनको विभिन्न स्थानमा “जनसहभागिताको साथ गरीबी निवारण” कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

कोरोना महामारीका कारण लागेको निषेधाज्ञाले गर्दा ज्यालामजदुरी गरेर जीवनयापन गर्ने चेपांग समुदायमा भोकमरीको अवस्था सृजना हुन लागेपछि सपना भिलेज सोसल इम्प्याक्टले स्थानीय ७०१ परिवारको लागी एक महिनालाई पुग्ने खाद्यान्न वितरण गरेको हो । हात्तीवाङको रमसिंह डाँडा र कोलभन्ज्याङमा हिजो शक्रबार आयोजित एक कार्यक्रमको बिच प्रतिपरिवार २० किलो चामल, दाल, नुन र तेल हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै ईच्छाकामना गाउँपालिका कि अध्यक्ष गीता कुमारी गुरुंगले सपना भिलेज सोसियल इम्प्याक्टले यस्तो महामारीको समयमा पनि विपन्न परिवारको लागी खाधान्न, स्वास्थ्य सामग्री वितरण जस्ता महत्वपुर्ण कार्यक्रम संचालन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुब गिरीले कोरोना महामारीको समयमा एउटा सानो कोसेलीको रूपमा राहत वितरण गरिएको बताउनु भयो ।

गिरीले चेपाङ समुदायको आर्थिक उन्नती गर्न र जिवनस्तर उकास्नका लागि फलफुलको बिरुवा, उन्नत जातका बोका,बाख्रा वितरण, बिद्यालय केन्द्रित कार्यक्रम, शौचालय निर्माण, सरसफाई केन्द्रित कार्यक्रम लगाएतका कार्यक्रम संचालन गरेको बताउदै छिट्टै मौरीका घार पनि वितरण गर्ने पनि जानकारी दिदै चेपाङ समुदायको आर्थिक तथा सामाजिक परिवर्तन नै सपना भिलेज सोसियल इम्प्याक्टको मुख्य लक्ष्य भएको वताए ।
कार्यक्रममा ईच्छाकामना गाउँपालिकाका कार्यपालिका सदस्य मानवहादुर प्रजा, टोल विकास संस्थाका अध्यक्षहरू लगाएत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियोे भने इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेत, कर्मचारीहरु अनिल अर्याल र मीनराज सापकोटाले राहत वितरण कार्यक्रममा सहजीकरण गरेका थिए । सपना भिलेजका अन्य कार्यक्रम बारे जानकारी लिन यँहा क्लिक गर्नुहोला ।
https://ujyaalonepalnews.com/archives/14609


