रत्ननगर १२ मा नसर्ने रोग तथा क्यान्सर रोगबारे सचेतना कार्यक्रम

रत्ननगर- रत्ननगरको वडा न. १२ मा नसर्ने रोग तथा क्यान्सर रोगबारे सचेतना कार्यक्रम संचालन गरिएको छ । महिला सशक्तिकरण तथा परिवर्तनसिल संस्था चितवन र वडा कार्यालयको समन्वय तथा जनस्वास्थ्य चितवनकाे आयाेजनामा कार्यक्रम संचालन गरिएको हो ।

विहिबार जमुनापुर हेल्थ साेसाइटिकाे सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न टोलविकास संस्थाका प्रतिनिधि, आमा समुहका प्रतिनिधि, महिला स्वयंसेविका गरि झन्डै १०० जनाको सहभागिता रहेको महिला सशक्तिकरण तथा परिवर्तनसिल संस्था चितवन कि अध्यक्ष संगीता भट्टाराईले जानकारी दिईन्।

सहभागीहरुलाई डा.कृष्ण सुवेदी क्यान्सर अस्पताल, स्वास्थ्य अधिकृत केशव भट्ट र जनस्वास्थ्य अधिकृत गुरुप्रसाद कंडेलले प्रशिक्षण दिएका थिए।

वडा अध्यक्ष सुन्दरमणी सुवेदिकाे अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा,जनप्रतिनिधि चन्दा काफ्ले पनेरु, महिला सशक्तिकरण तथा परिवर्तनसिल संस्था चितवन कि अध्यक्ष संगीता भट्टाराई लगायतको मन्तव्य राखेका थिए। सो क्रममा वक्ताहरुले, “आफ्नो स्वास्थ्यकाे चिन्ता र जिम्मेवारी आफैले लिनुपर्ने, भान्छा सुधार गर्नुपर्ने तथा स्वास्थ्यवर्धक खानपानमा जाेड दिनुपर्ने कुरा बताएका थिए।

कार्यक्रम वडा सचिव शंकर गिरीले संचालन गरेका थिए ।

Previous articleकालिका नगरपालिकाको दोश्रो कार्यकालको सातौँ नगरसभा ( फोटो फिचर)
Next articleचितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा २ जना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।