झुवानी माविमा नयाँ सरस्वतीको मूर्ति अनावरण

0
22

रत्ननगर । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी झुवानी माविले ‘वसन्तपञ्चमी’ मनाएको छ । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्तपञ्चमी’ पनि भनिन्छ । आजका दिन साना बालबालिकाहरूलाई अक्षराम्भ गर्ने प्रचलन रहेको छ ।

सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसका कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । जसअन्तर्गत सोमबार झुवानी मावीमा नयाँ ३५ जना बालबालिकाले अक्षरारम्भ सुरू गरेको विधालयका प्रधानाध्यापक नवीनचन्द्र भट्टराईले बताए ।

त्यस्तै, सोमबार ‘वसन्तपञ्चमी’को दिनपारी विद्यालयका पूर्वविद्यार्थी एवम् समाजसेवी केशव आचार्यले नयाँ सरस्वतीको मूर्ति प्रदान गरेका थिए । सो मूर्तिलाई वडाध्यक्ष एवम् कार्यक्रमका प्रमुखअतिथि बालकृष्ण चापागाईंले अनावरण गरेका थिए । सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Previous articleएमाले रत्ननगर अधिवेशन; अध्यक्षमा चारजनाको उम्मेदवारी
Next articleजनजागृति माविले मनायो ६२औं वार्षिकोत्सव, नवनिर्मित भवनको उद्घाटन