कालिकाका मेयर चिनमा : विकासकाे माेडलबारे अन्तर्राष्ट्रिय स्तरका विज्ञहरुबाट  सुझाव लिदै

उज्यालो दर्पण- चिन भ्रमणमा रहेका कालिकाका मेयर विनोद रेग्मी विकासोन्मुख देशहरुको परियोजना प्रोफाईलका लागि सार्वजनिक सांस्कृतिक सेवा सुधार र स्वास्थ्य विकास सम्बन्धी सेमिनारमा सहभागी भएका छन् । उनी नगरपालिकाकाे विकासकाे लागि अन्तर्ष्ट्रिय स्तरका विज्ञहरुबाट विकासकाे माेडलबारे सुझाव संकलन गरिरहेका छन् ।

विकासोन्मुख ११ देशका ६४ जनाको सहभागिता रहेको सेमीनारमा मेयर रेग्मी नेपाली टिमको नेतृत्व गर्दै सेमीनारमा सहभागी भएका हुन् ।

चीनको वेईजिंग शहरमा रहको एकेडेमी फर ईन्टरनेशनल बिजनेश अफिसियल्स ( AIBO) मा १५ अक्टोबरबाट सुरु भएको सेमिनार २८ अक्टोबर सम्म जारी रहने छ ।

 

चिनमा रहँदा मेयर रेग्मीले स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती, अवसरलगायतका विषयमा केन्द्रित रहेर विभिन्न देशका विभिन्न सहरका मेयरसंग अन्तरक्रिया गर्नुका साथै नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा समेत सहभागिता हुने कार्यक्रम छ ।

Previous articleटाँडी प्रहरीको हिरासतमै थानुवाले गरे आ’त्मह’त्या
Next articleघुसपैठको आरोपमा पोखरा आन्दोलनमा कुटिएका व्यक्ति रास्वपाकै स्थानीय नेता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।