प्रधानमन्त्री ओलीलाई केही दिन सीसीयूमै राखिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य अवस्थामा सुधाइ रहे पनि प्रधानमन्त्री ओलीलाई केही दिन आईसीयूमै राखेर उपचार गरिनेछ ।

रक्तचापसहित ओलीका सबै सूचकाङ्क राम्रो स्थितिमा भएको बताइएको छ। आज बेलुका सम्ममा बिस्ताराबाट निकाल्न सकिन्छ जस्तो लाग्छ, उपचारमा संलग्न चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीले जानकारी दिए ।

तर ओलीलाई अझै केही दिन सीसीयूमा राखेर उपचार गरिने उनले बताए । उनका अनुसार प्रत्यारोपित मिर्गौलाले कस्तो पिसाब बनायो भन्ने कुराबाट बिरामीको अवस्था राम्रो वा नराम्रो थाहा हुन्छ।

साधरणतया मानिसले २४ घण्टाको अवधिमा डेढदेखि दुई लिटर पिसाब फेर्छन्। ओलीले झन्डै ११ लिटर पिसाब फेरिसकेका छन् । चिकित्सकहरूले त्यसलाई नयाँ मिर्गौलाले राम्ररी काम गरेको अर्थ लगाएका छन्।

‘प्रत्यारोपण गर्ने बित्तिकै मिर्गौलाले राम्रोसँग काम गर्‍यो भने मिर्गौलामा रक्तसञ्चार राम्रो भयो भन्ने बुझिन्छ। मिर्गौलामा रक्तप्रवाह हुने बित्तिकै प्रशोधन हुन थाल्छ। त्यसले गर्दा शरीरमा जम्मा भएको पानी शरीरले फाल्न थाल्छ,’ डा. ज्ञवालीले भने।

सँगसँगै त्यस्तो होस् भनेरै सलाइनपानी चलाइराखिएको हुन्छ। सामान्य हिसाबले बुझ्दा के हो भने शरीरमा भएका पानी र अन्य अनावश्यक पदार्थ निक्लिरहेको हो। अहिले आराम गरिरहेका ओलीको अवस्था सुधार भएसँगै उनलाई झोल पदार्थ खुवाउन सकिने अवस्था रहेको आफूले थाहा पाएको उनले बताए । शरीरले झोल पदार्थ सहजै रूपमा लियो भने ठोस पदार्थ खुवाउने अस्पतालको तयारी छ।

उनको त्रिभुवन विश्वविद्याल शिक्षण अस्पतालमा बुधवार मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको होस बुधवार साँझमै आएको थियो । बीबीसीमा उल्लेख भएको समाचारअनुसार प्रधानमन्त्री ओली अडेस लागेर बस्न र आफैँ कोल्टे फेर्न सक्ने अवस्थामा छन् ।

प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीका अनुसार अहिले चलाइएका औषधिका कारण ओली प्रायः निदाउने गरेका छन् । तर बिउँझिएका बेला उनी चिकित्सकहरूले सोधेको प्रश्नको उत्तर दिन सक्ने वा आफूलाई केही लागे भन्न सक्ने अवस्थामा भएको डा. ज्ञवालीले बताए।

The post प्रधानमन्त्री ओलीलाई केही दिन सीसीयूमै राखिने appeared first on Rajdhani Daily News.

रत्ननगर नगरपालिकाले बाड्यो किसानलाई ट्रयाक्टर लगायर मेसिनरी औजार

Previous articleइलाममा लागुऔषधसहित दुई जना पक्राउ
Next articleछात्राबासमा आगलागी हुँदा २५ लाख क्षति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।