छात्राबासमा आगलागी हुँदा २५ लाख क्षति

इलाम । इलामको फाकफोक गाउँपालिका–६ को फूस्रेस्थित तीनजुरे बोर्डिङ्ग स्कूलको छात्राबासमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ । गएराति विद्युत सर्ट भई आगलागी हुदाँ काठको बेरा र टिनको छानो भएको दुईतले घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

चौकीका अनुसार, घरभित्र रहेको भाडावर्तन, लत्ताकपडा, अन्नपात, टि.भी. दुई थान, ल्यापटप ४ थान, कम्प्युटर २ थान, कुर्सी, दराज खाट जलेर नष्ट हुदाँ २५ लाख बराबरको क्षति भएको हो ।

आगलागी भएको थाहा भएपछि भने, स्थानियबासी र प्रहरीको सहयोगबाट करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय इलामका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

The post छात्राबासमा आगलागी हुँदा २५ लाख क्षति appeared first on Rajdhani Daily News.

दलित भागेर संग बिहे गरेकी मालतीलाई २१ दिन पछी माईति पक्षले फर्काएर लगे

Previous articleप्रधानमन्त्री ओलीलाई केही दिन सीसीयूमै राखिने
Next articleआइसोलेसन वार्डको झ्यालबाट हामफालेर भागे कोरियाबाट आएका नेपाली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।