प्राविधिक सशस्त्र प्रहरी अधिकृत तालिम समापन

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सञ्चालित सिसं २३ प्राविधिक सशस्त्र प्रहरी अधिकृत आधारभूत तालिम सम्पन्न भएको छ।

सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले बिहीबार सो तालिमको समापन गरे। त्यसअवसरमा उनले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गरे।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीले त्यसअवसरमा असहज परिस्थितिका बेला समेत कत्तिपनि विचलित नभई कर्तव्य निर्वाह गर्न तल्लिन रहनु पर्ने सुरक्षाकर्मीको पेशागत दायित्व रहेको चर्चा गर्दै कार्यक्षेत्रमा गएपछि आफ्नो जिम्मेवारीलाई पेशागत इमान्दारिताकासाथ पुरा गर्न प्रशिक्षार्थीहरु सक्षम रहने विश्वास व्यक्त गरे।

उनले प्रशिक्षार्थीहरुले तालिमको दौरानमा सिकेका ज्ञानलाई कार्यक्षेत्रमा सधैँ उपयोग गर्नुपर्ने चर्चा गर्दै यसबाट कार्यसफलतामा सघाउ पुग्ने बताए। कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

सो तालिममा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. राहुल श्रेष्ठ सर्वप्रथम भएका छन् भने प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक सफलता भसिमा कवाज प्रथम, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक मनिष कार्की चाँदमारी प्रथम तथा प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक अशोककुमार यादव सहिष्णुतातर्फ प्रथम भएका छन्।

करीब तीन महिना अवधिको सो तालिममा चार जना प्राविधिक सशस्त्र प्रहरी निरीक्षक र २१ जना प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षकसहित कूल २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो।

सो समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा, प्रशिक्षार्थी अधिकृतहरुका अभिभावक वर्ग लगाएत सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो।

साउदी अरबमा अगस्ट १ देखि कोरोनाविरुद्धको खोप नलगाएकाहरु सपिंग मल जान नपाउने ट्याक्सी चढ्न नपाउने

Previous articleआन्तरिक तथा बाह्य पर्यटकको बैशाखी हुन् मुस्ताङका ‘इन्द्रसिंह शेरचन’
Next articleआहा रारा गोल्डकप: आयोजक सहाराको विजयी सुरुवात
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।