Home Uncategorized सेनाभित्रको अनियमितता छलफल : रक्षामन्त्री र सेनापति नै अनुपस्थित

सेनाभित्रको अनियमितता छलफल : रक्षामन्त्री र सेनापति नै अनुपस्थित

काठमाडौं ।नेपाली सेनाभित्रको अनियमितताबारे छलफल गर्न राज्य व्यवस्था समितिले बोलाएको बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधान सेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएका छन् । मिनी संसद्का रूपमा रहेको संसदीय समिति बैठकमा उनीहरू उपस्थित नभएपछि छलफल नै हुन सकेन ।

बैठक स्थगित गर्दै समिति सभापति शशी श्रेष्ठले अर्को बैठकमा अनिवार्य उपस्थित हुने सन्देश मन्त्रीसमक्ष पु¥याइदिन रक्षा सचिव रेश्मीराज पाण्डेलाई निर्देशन दिइन् । नेपाली सेनाभित्र अनियमितता भएको दाबी गर्दै सांसद् रेनुका गिरीले उजुरी गरेपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले बिहीबारको बैठकमा तालुकदार मन्त्री पोखरेल र प्रधानसेनापति थापालाई बोलाएको थियो ।

बिहीबारको बैठकमा दुवै जना अनुपस्थित भएपछि सांसदले आक्रोश पोखे । उनीहरूले आफ्नो मन्त्रालय र क्षेत्राधिकारभित्रका विषयमा छलफल राख्दा मन्त्री र सेनापति नै अनुपस्थित हुनुले संसद्प्रति सरकार जवाफदेही नबनेको गुनासो गरे । सांसद कृष्णगोपाल श्रेष्ठले संसद्लाई बेवास्ता गर्ने प्रवृत्तिले संसदीय व्यवस्थालाई कमजोर बनाउने धारणा राखे ।

‘सरकारले संसद्का निर्देशन पालना नगर्ने र छलफलमा अनुपस्थित हुनुले संसद्लाई सरकारले बेवास्ता गरेको स्पष्ट हुन्छ,’ उनले भने, ‘सरकारले संसद् नचलाउने जस्ता व्यवहार देखाउँदा समितिले गरेका निर्णय कार्यान्वयनमा समस्या आएको छ ।’

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बिहीबार बिहान अस्पताल पुगेका थिए । उनले मन्त्रालयका तर्फबाट सचिवलाई बैठकमा पठाएका थिए । त्यस्तै, सेनाका तर्फबाट पनि प्रधानसेनापतिले आफू उपस्थित नभई प्रतिनिधि पठाएका थिए । बैठकमा अनुपस्थित भएपछि सांसद झपट रावलले सरकारले संसद्लाई अटेर गरेको बताए । उनले सरकारलाई निर्देशन दिएर कार्यान्वयन गर्ने निकायका रूपमा संसद्को समितिलाई बेवास्ता गर्ने प्रवृत्ति हटाउनु आवश्यक भएको बताए ।

बैठकमा उपस्थित भएका सांसदले मन्त्री र प्रधानसेनापतिको उपस्थितिबिना सेनाभित्रको अनियमितताको विषयमा छलफल गर्न नसकिने भन्दै बैठक स्थगित गर्न माग गरेका थिए । त्यसपछि सभापछि श्रेष्ठले पनि सरकारका तर्फबाट मन्त्रीलाई नै उपस्थित गराउनु मनासिव भएकाले बैठक स्थगित गर्ने निर्णय लिइन् । उनले बैठकमा उपस्थित भएर छलफलमा सहभागी हुने मन्त्री र प्रधानसेनापतिलाई निर्देशन दिइन् । संसदीय समितिको बैठकमा रक्षा सचिव पाण्डे, नेपाली सेनाका पदाधिकारी र समितिका सदस्यहरु थिए ।

यसैगरी, सांसद वृजेशकुमार गुप्ताले पनि संसदीय गतिविधिलाई स्वीकार गर्ने वातावरण निर्माण गर्न आवश्यक भएको बताए ।

The post सेनाभित्रको अनियमितता छलफल : रक्षामन्त्री र सेनापति नै अनुपस्थित appeared first on Rajdhani Daily News.

कतारमा रहेको नेपाली दूतावासको लापरबाहीले कतार जान तयार रहेका ३४ नेपाली अलपत्र

Previous articleमहिला लिग अर्काे महिना
Next articleनेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा बाल संगठनलाई सहयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।